कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने — OSNepal

कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने

Kesh Karki (USA) September 03, 2021 0

ः बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताउनुभएको छ ।शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्

ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताउनुभएको हो ।उहाँले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताउनुभएको छ ।उहाँले भन्नुभयो, “यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर