जापानी कम्पनीले कामदारलाइ भन्यो, घरबाट काम गर्दा पनि चुरोट नपिउनू — OSNepal

जापानी कम्पनीले कामदारलाइ भन्यो, घरबाट काम गर्दा पनि चुरोट नपिउनू

LC (KTM) September 05, 2021 0

टोकियो, – जापानको एउटा कम्पनीले आफ्ना कर्मचारीलाइ घरबाट काम गर्दा पनि चुरोट नपिउन निर्देशन दिएको छ । देशकै ठूलो लगानी भएको बित्तिय कम्पनी नोमुराले आफ्ना कामदारलाइ कार्यलय समयमा घरमा पनि धुमपान नगर्न निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण नोमुराका आधाभन्दा बढी कर्मचारी घरबाटै काम गर्छन् । नयाँ नियमले कर्मचारीको स्वास्थ्य र कार्य क्षेत्रमा सुधार आउने कम्पनीले आशा गरेको छ । कम्पनीको नयाँ नियमभित्र अर्कै आशय लुकेको हुनसक्ने नोमुराका केही कर्मचारीको भनाइ छ । कर्मचारीलाई लन्चको समयमा नै चुरोट पिउन बाध्य पार्न नयाँ नियम ल्याइएको उनीहरुको भनाइ छ ।

काम गर्दा अल्छी लागे चुरोट पिउन अनुमति दिनु प्रायः जापानी कम्पनीको संस्कृति नै हो । तर, चुरोट नपिउनेले भने यसको बिरोध गर्छन् ।

कार्यलयमै गएर काम गर्ने कर्मचारीलाई पनि चुरोटबारे नयाँ नियम ल्याइएको छ । जस अनुसार अनुसार कार्यलय समयमा चुरोट पिउने कर्मचारी ४५ मिनेटसम्म डेस्कमा फर्किन पाउने छैनन् । चुरोटको दुर्गन्ध र नजिक बस्ने मानिसलाई धुवाँको अशरबाट जोगाउन यस्तो नियम ल्याइएको हो । पारस्परिक विश्वासका आधारमा नयाँ नियम ल्याइएको र नियम उल्लंघन गर्नेलाई सजाँय भने नहुने सो कम्पनीका प्रवत्ताले जनाएका छन् ।

यसैबीच, सरकारले टोकियो र देशका अन्य मुख्य सहरमा सार्वजनिक स्थलमा धुमपान गर्न प्रतिबन्ध लगाउने कानून ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर