भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय — OSNepal

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय

LC (KTM) September 05, 2021 0

एजेन्सी -विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् ।२० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको पाइएको छ । यो दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादर बढी रुचाइएका नेता बनेका छन् । लोपेजपछि एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन नेतृ मर्केला एन्जेलको नाम छ ।

सर्वेक्षणअनुसार ड्रागीको ६४ प्रतिशत र मर्केलको एप्रोभल रेट ५२ प्रतिशत छ । मर्केलपछि अमेरिकी राष्ट्रपति जो बाइडेन छन् । बाइडेनको एप्रोभल रेट ४८ प्रतिशत छ । सबैभन्दा न्यून एप्रोभल रेट जापानका प्रधानमन्त्री योसिहिदे सुगाकाे छ ।दी मर्निङ कन्सल्टले गरेको सो सर्वेक्षणको सूचीमा चीनका कुनै नेताको नाम समावेश छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर