अमेरिकासंग चिठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं : बाबुराम — OSNepal

अमेरिकासंग चिठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं : बाबुराम

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकासंग चिठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं भनेका छन् ।

नेता भट्टराईले राष्ट्रिय सहमति यी तिन चीजमा गरौँ भन्दै ट्वीटर मार्फत भनेका छन् । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ कुरा सबैले बुझ्न आवश्यक रहेको समेत उनले बताएका छन् ।

उनले उच्चस्तरीय राजनीतिकरकुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनाउन आग्रह गरेका छन् । त्यसै गरी , चीनसँग बिआर आइ पारवहन लगायत सम्झौता कार्यान्वयन गर्न समेत सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं ; १.उच्चस्तरीय राजनीतिकरकुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौंस २.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौंस ३.अमेरिकासंग चिठी आदानप्रदान सहित MCC कार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर