नेपाली कांग्रेसको आज यी ११ वटा जिल्लामा वडा अधिवेशन हुँदै — OSNepal

नेपाली कांग्रेसको आज यी ११ वटा जिल्लामा वडा अधिवेशन हुँदै

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको आज ११ वटा जिल्लामा वडा अधिवेशन हुँदैछ ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आज बाँकी १ ८ जिल्ला मध्ये ११ वटा जिल्लामा वडा अधिवेशन हुन लागेको हो ।

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले दिएको जानकारी अनुसार आज सुनसरी, नुवाकोट, धादिङ जिल्लाका सम्पूर्ण वडाहरुमा साथै चितवन, ललितपुर, वाग्लुङ, नवलपूरमा पनि वडा अधिवेशन हुने भएको छ ।

सल्यान, मुगु र वैतडीमा पनि अहिले अधिवेशन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर