नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक भोलि — OSNepal

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक भोलि

LC (KTM) September 07, 2021 0

काठमाडौं २२ भदौ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक भोलि भदौ २३ गते बुधवार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने भएको छ ।

बुधवारदेखि शुरू हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पटक–पटक प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका केही नेता पार्टीबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादीले पहिलोपटक संसद्को बैठकमा सहभागी हुनेछ ।

यसअघि पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो ।दल निकट समाजवादी प्रेसले १५१ सदस्यीय कार्यसमितिको विधान तयार गरिसकेकाले चाँडै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर