मेलम्ची नगरपालिकाको विद्यालयहरुमा साझा प्रतिबद्धता पत्र अनुमोदन — OSNepal

मेलम्ची नगरपालिकाको विद्यालयहरुमा साझा प्रतिबद्धता पत्र अनुमोदन

LC (KTM) September 08, 2021 0

मेलम्ची नगरपालिकाको विद्यालयहरुमा साझा प्रतिबद्धता पत्र अनुमोदन भएको छ । कोरोना महामारीमा शिक्षाका सवाल र स्थानीय सरकारको भुमिका विषयक छलफल अन्तरकृया कार्यक्रममा सो पत्र अनुमोदन भएको हो । कार्यक्रम महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची नगरपालिका शिक्षा शाखाको सहकार्य र शिक्षाका लागि राष्ट्रिय अभियान (एन सि एल) को आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवति नेपाल, प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, शिक्षा शाखा प्रमुख सुदिन राज पोखरेल लगाएत मेलम्ची नगरपालिकाको अधिकांश विद्यालयहरुको प्र.अ. र केहि विद्या्लयको व्यवस्थापन समितिका अध्यक्षरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षालाई कोभिडले पारेको असरका बारेमा सबै विद्यालयले बेहुर्नु परेको कठिनाई र चुनौतिको बारेमा छलफल गरि शिक्षाका लागि राष्ट्रिय अभियान (एन सि एल) का जिल्ला संयोजक हर्क तामाङले साझा प्रतिबद्धता पत्र तयार गर्नुभएको थियो । सो प्रत्रमा गुणस्तर शिक्षा, शिक्षामा पारदर्शिता हुनुपर्ने, आवश्यक जनशक्तिको व्यवस्था गरिने, शिक्षक र विद्यार्थी दुबैले कडा अनुसानको पालना गर्नुपर्ने, शिक्षकलाई अभिवृद्धि गरि अभिवृद्धिका लागि तालिमको व्यबस्था गरिने, नमुना विद्यालय बनाउने कुरामा जोड दिने, शिक्षालाई बजेटको आधारमा प्रथम प्राथमिकतामा राख्नुपर्ने लगाएतका विषयहरु सम्बोदन गरिएको छ । पत्रमा सहभागि सबैले हस्ताक्षर गरि सहमति जनाएका छन ।

मेलम्ची नगरपालिका प्रमुख अर्यालले शिक्षालाई प्रभावकारी एंव जनउपयोगी बनाएमा जीवनमा काम लाग्ने कुरा स्पष्ट पार्नुभयो । साथै कोरोना महामारीले मात्र नभई विपदले पनि शिक्षालाई असर गरिरहेकाले विपद न्युनिकरणमा विद्यालय अभिभावकले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । यतिमात्र नभई उहाँले समानुपातिक दर्बन्दिका लागि छलफल गर्नुहुन्र्छ कि नाई भनि उपस्थित मेलम्ची नगरपालिकाको विद्यालयहरुका सरोकारवालाहरुलाई प्रश्न समेत गनुभर्यो ।
त्यस्तै, कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिका उपप्रमुख भगवति नेपालले दिवा खाजा लगाएत अन्य थप चुनौतिका लागि सम्बन्धित निकायसंग बैठक बसि निर्णय गरिने बताउनुभयो । साथै सबै एकताबद्ध भएर अगाडि बढेमा मात्र मेलम्ची नगरको सम्रग शिक्षामा सुधार आउने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका अतिथि मेलम्ची नगरपालिमा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले आफ्नो मतव्य राख्नुभएको थियो भने शिक्षा शाखा प्रमुख सुदिन राज पोखरेलले शिक्षा समिक्षा प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन महिला आत्भिभरता केन्द्रको कार्यक्रम निर्देशक कृष्ण गरुङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर