संखुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा गरियो — OSNepal

संखुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा गरियो

LC (KTM) September 08, 2021 0

संखुवासभा, २३ भदौ – संखुवासभाको मादी नगरपालिका- १ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।

भतिज एमविक्रमका अनुसार बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको बताए । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए ।

मादी नगरपालिका- १ उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर