जंगलमा काठे ओखर टिप्न गएकी नौ वर्षीया सुस्मिता काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता, परिवारमा रुवाबासी — OSNepal

जंगलमा काठे ओखर टिप्न गएकी नौ वर्षीया सुस्मिता काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता, परिवारमा रुवाबासी

LC (KTM) September 09, 2021 0

जुम्ला,२४ भदौ- जुम्लाको गुठीचौर गाउँपालिका-३ गज्याङकोटकी नाै वर्षीया बालिका सुस्मिता बुढा तिला नदीमा डुबेर बेपत्ता भएकी छन् ।

गुठीठिचौर-२ मा काठको साँघु (लाप्को) तर्दै गर्दा ती बालिका चिप्लिएर नदीमा बेपत्ता भएकाे उनकी दिदी टीका बुढाले बताइन् । उनका अनुसार जंगलमा काठे ओखर टिप्न चार जना गएका थिए ।

चुच्चे बगरबाट तिला नदीले बगाएको खबर प्राप्त भएको गुठीचौर झारजुवाला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठले बताए । उनका अनुसरर गज्या्ङ्कोट, मणिसागु प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट गोठिचौर र स्थानीयकाे सहयाेगमा बेपत्ता बालिकाको खोजी भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर