महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारलाई यसरी कुटे तालिवानले — OSNepal

महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारलाई यसरी कुटे तालिवानले

LC (KTM) September 09, 2021 0

काबुल, २४ भदौ-अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिवानले निर्घात कुटेका छन् । तालिवान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लट्टीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । महिलाबारे समाचार लेखेका दुई पत्रकारलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिवानले निर्मम ढंगले कुटेका छन् ।

कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ । अर्को एक भिडियोमा तीन पत्रकारलाइ सामूहिक रुपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ । उनीहरुको अनुहारमा चोट र निलो डाम देखिन्छ ।

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनबारे समाचार लेख्न तालिवानले सञ्चारकर्मीलाई उर्दी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर