कोरोना संक्रमितको उपचार हुँदै आएको अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु, दर्जनौ घाइते — OSNepal

कोरोना संक्रमितको उपचार हुँदै आएको अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु, दर्जनौ घाइते

LC (KTM) September 10, 2021 0

तेतोभो, मेसेडोनिया,- उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्या न गएको छ ।कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।अग्निनियन्त्रकले आधा घण्टाभित्रै आगलागी नियन्त्रणमा लिएपनि घटनामा १४ जनाको मृ त्यु भएको र दर्जनौ घाइते भएकाका थिए । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताउनुभयो । उहाँले घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्युवरण गरेको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन सख्त घाइते अवस्थामा रहेका छन्

घटनास्थललाई सुरक्षाकर्मीले घेरेर राखेकोे बताउँदै एक स्थानीयले भने, “सरकारले जानकारी गराएकोभन्दा निकै धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक तथा घाइतेका आपन्तजनले घटनाको शीघ्र छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर