जयपृथ्वी राजमार्गमा सडक भासियो — OSNepal

जयपृथ्वी राजमार्गमा सडक भासियो

LC (KTM) September 10, 2021 0

सडक भासिँदा जयपृथ्वी राजमार्ग बिहिबार बिहानदेखि अवरुद्ध भएको छ । बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिँदा अवरुद्ध बनेको हो ।

सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदासदरमुकाममै रोकिएका छन् । सदरमुकाम चैनपुरबाट सिमखेतलगायत अन्यन्त्र जाने सवारीहरु रोकिएका छन् । बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका छन् ।

राजमार्ग खुलाउने प्रयास भइरहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । “राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको छ” उहाँले भन्नुभयो । तल बाउली खोला भएकाले सडक पुनः सञ्चालन हुन भने केही समय लाग्ने जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने र सडक भासिने हुँदा राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर