आमाको निधन भएको २ दिन नबित्दै बलिउड अभिनेता अक्षय कुमार काममा फर्किए , लण्डनमा शुटिंग भईरहेको छ उनको साइकोलोजिकल थ्रिलर फिल्म — OSNepal

आमाको निधन भएको २ दिन नबित्दै बलिउड अभिनेता अक्षय कुमार काममा फर्किए , लण्डनमा शुटिंग भईरहेको छ उनको साइकोलोजिकल थ्रिलर फिल्म

LC (KTM) September 10, 2021 0

बलिउडका खेलाडीको रुपमा चिनिएका अक्षय कुमार लाई मातृशोक परेको छ । उनको आमा अरुणा भाटियाको बुधबार ८ सेप्टेम्बरमा निधन भएको थियो । अक्षय कुमार आफ्नी आमालाई उपचारका लागि अस्पतालको आइसीयुमा भर्ना गरिएको थाहा पाउने बित्तिकै लण्डनमा छायांकन भईरहेको फिल्म छोडेर भारत आएका थिए ।

उनी यति धेरै ब्यवसायीक रहेका छन् भन्ने कुरा उनको पछिल्लो निर्णयले पनि पुष्टि गरेको छ । उनी आफ्नो आमाको अन्तिम संस्कार सकेर फेरी लण्डन काममा फर्किएका छन् । उनले भारत आउने बेलामा पनि फिल्मको छायाँकन नरोक्न निर्माण पक्षलाई आग्रह गरेका थिए ।

कोरोनाको महामारीका कारण थयलिएर बल्ल उठ्दै गरेको फिल्ममा करोडौको लगानी हुने र आफ्नो कारण निर्माण पक्षलाई थप आर्थिक नोक्सानी नहोस् भन्ने उनको धारणा रहेको छ । उनले आफ्नो सीन बाहेकको दृश्यहरु सुटिंग गरिरहनु म काम सकेर फर्किहाल्छु भनेका थिए ।

उनी १० सेप्टेम्बर अर्थात आज नै लण्डन काममा फर्किएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । तमिल फिल्म रतसनन्को आधिकारीकहिन्दी रिमेक फिल्ममा उनले अहिले काम गरिरहेका छन् । उनी रञ्जीत तिवारीको निर्देशनमा बन्दै गरेको यस चलचित्रका लागि पछिल्लो समय बेलायतमा थिए ।

यो चलचित्र साइकोलोजिकल थ्रिलर बेसमा निर्माण भईरहेको बताईएको छ । यो फिल्मको शुटिंगका लागि अक्षय कुमार सेप्टेम्बर पुरा महिना बेलायतमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर