अभिनेता रजत वेदीको कारले ठक्कर दिँदा श्रमिकले गुमाए ज्यान, श्रमिकको परिवारलाई वेदीले दिए यस्तो आश्वासन — OSNepal

अभिनेता रजत वेदीको कारले ठक्कर दिँदा श्रमिकले गुमाए ज्यान, श्रमिकको परिवारलाई वेदीले दिए यस्तो आश्वासन

LC (KTM) September 10, 2021 0

काठमाडौं -अभिनेता रजत बेदीको कारले ठक्कर दिँदा पैदलयात्रुको निधन भएको छ । भारतिय मिडियाका अनुसार पैदलयात्रुको उपचारका क्रममा निधन भएपछि वेदी विरुद्ध डिएन नगर प्रहरीले एफआइआर दर्ता गरेको छ। ठक्करबाट राजेश बुध नाम गरेका ३९ वर्षीय श्रमिकको मृत्यु भएको बताइएको छ ।

वेदीको आफ्नो घर फर्कने क्रममा अँधेरी नजिकैको एउटा मन्दिर छेउको बाटोमा दुर्घटना भएको थियो। पीडितलाई अस्पताल भर्ना गरेर अभिनेता बेदीले उनको परिवारलाई सहयोग गर्ने आश्वासन दिएका थिए।

शामा रहेका ती व्यक्ति अचानक सडकको बिचमा गुडिरहेको बेदीको कारसामु आइपुगेका कारण कारले ठक्कर दिन पुगेको बताइएको छ । दुर्घटनापछि प्रहरीले बेदीमाथि तीव्र गति र लापरवाहीपूर्वक सवारी चलाएको अभियोगमा मुद्दा दायर गरेको थियो। बेदीले ुकोइ मिल गयाु र ुपार्टनरु जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर