ऋतिक रोशनको आमाले दिईन इण्डियन आइडलका बिजेता पवनदीप लाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार — OSNepal

ऋतिक रोशनको आमाले दिईन इण्डियन आइडलका बिजेता पवनदीप लाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार

LC (KTM) September 10, 2021 0

इन्डियन आइडल सिजन १२ मा सबैभन्दा बढी चर्चा कमाउने जोडीमा पर्छ टाइटल विजेता पवनदीप राजन र फस्ट रनर अप अरुणिता कान्जीलाल । इन्डियन आइडलको विजेता भएपछि यी दुबै जोडीलाई सबैतिर बाट माया र आर्शिबादको ओइरो नै लागेको छ । यो जोडीलाई मन नपराउने कमै रहेका छन् ।

तसर्थ पनि उनीहरुलाई थुप्रै अवसरका ढोकाहरु खुलेका छन् । यो जोडी धेरै सांगीतिक कार्यक्रममा समेत सहभागी भएर आफ्नो गीत मार्फत सबैलाई मन्त्र मुग्ध पार्न सफल भइसकेको छ । टाइटल जिते पछि यो जोडीले बलिउडका थुप्रै सेलिब्रेटीहरु संग भेट गरिसकेको छ ।

यसैक्रममा यी दुबै जोडीको एकदमै ठुलो फ्यान रहेका बलिउड अभिनेता हृतिक रोशनका बुबा राकेश रोशन र आमा पिंकी रोशनले समेत उनीहरुलाई भेट्ने इच्छा जाहेर गरेका थिए । यो कुरा थाहा पाए पछि यो जोडी नै ऋतिक रोशनको घरमा पुगेको थियो ।

राकेश र पिंकी रोशनले आफुहरुलाई देखेर एकदमै भावुक भएको र आफुहरु दुबै जनालाई अंगालो हाल्नु भएको पवनदीपले जानकारी दिए । उनीहरुले राकेश र पिंकीलाई केही गीत समेत गाएर सुनाएका थिए । भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सो भेटमा ऋतिक रोशनको आमा पिंकीले पवनदीपलाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार दिएकी थिइन्।

पिंकीले आफुलाई बुवाले दिएको सुनको रुद्राक्ष सिक्री पवनदीप लाई दिएकी थिईन् । उनीहरुले बलिउड नायक ऋतिक रोशन संग पनि भेट्ने अवसर पाएका थिए । पवनदीप र अरुणिताको जोडीले ऋतिक रोशनको घरमा ३ घण्टा बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर