९ बर्ष सम्म आफुले काम नपाएको बिषयमा कलाकार डीनो मोरियाले बताए यस्तो रहस्य — OSNepal

९ बर्ष सम्म आफुले काम नपाएको बिषयमा कलाकार डीनो मोरियाले बताए यस्तो रहस्य

LC (KTM) September 10, 2021 0

कलाकार डीनो मोरिया आफ्नो नयाँ वेब सीरीज द एम्पायरका कारण एकदमै चर्चामा रहेका थिए । वेब शो मा डीनो मोरियाको कामलाई एकदमै मन पराइएको थियो । सन् २०१० देखी डीनोले अभिनय बाट ब्रेक लिएका थिए । अब आफ्नो एक नयाँ अन्र्तबार्तामा उनले यस बिषयमा कुरा गरेका थिए ।

उनले २०१० मा डीनो मोरियाले फिल्म प्यार इम्पोसिबलमा काम गरेका थिए । यस फिल्म पछि उनले ठुलो रोल सात बर्ष पछि मलयालम फिल्म सोलोमा काम गरेका थिए । उनले पछिल्लो केही बर्ष देखी हाल सम्म डीनो मोरियाले कैयौ डिजिटल प्रोजेक्ट्स मेन्टलहुड, होस्टेजज तथा ताण्डबमा समेत देखिएका छन् ।

उनलाई द एम्पायर सीरीजमा समेत देखिएको थियो उनलाई यसमा गरेको कामको एकदमै प्रशंशा समेत गरिएको थियो । डीनो मोरियाका अनुसार उनलाई फिल्ममा जुन अफर्स आईरहेको थियो त्यो सबै खराब थियो । उनले भनेका छन्– यदि मैले रोल्स या फिल्ममा काम गरेको थियो भने मलाई थाहा थियो कि म आफ्नो करियरलाई एकदमै खराब गरिरहेको छु ।

अन्तमा उद्योगमा यो फिल्मलाई हेरेर भन्ने थिए कि यो के बकवास गरिरहेको छ । उनले यस दौरानमा खराब रोलको मात्र हैन खराब समयको पनि सामना गर्नु परेको बताएका छन् । उनले आफु फिल्म उद्योगबाट टाढा गईरहेको महशुस गरेका थिए । उनको यस्तो समय पनि आएको थियो कि उनी पैसाको लागि मात्र भए पनि अफर लिनका लागि तयार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर