सासुको डान्स देखेर शाहरुख खान परे छक्क, भने– सासु संग डान्स क्लास लिनु पर्ने रहेछ — OSNepal

सासुको डान्स देखेर शाहरुख खान परे छक्क, भने– सासु संग डान्स क्लास लिनु पर्ने रहेछ

LC (KTM) September 10, 2021 0

सेप्टेम्बर ९ तारिकका दिन शाहरुख खानको सासु अर्थात गौरी खानको आमाको जन्म दिन मनाइएको छ । यस खास अवसरमा गौरी खानले सामाजिक सञ्जालमा आफ्नो आमाको जन्म दिनको अवसरमा बधाई दिदै उनको एउटा नाचेको भिडियो समेत शेयर गरेकी थिईन् । पत्नी गौरी खानको यो भिडियोमा प्रतिक्रिया दिदै किंग खान शाहरुखले आफ्नो सासू बाट डान्सको क्लास लिने कुरा गरेका छन् ।

गौरीले शेयर गरेको यो भिडियोमा उनको आमाले एकदमै शानदार डान्स गरेकी छिन् । उनले यो भिडियो शेयर गर्दै लेखेकी छिन्– तपाईको स्टेप्सको साथमा कोही पनि मिलाउन असमर्थ छ । जन्म दिनको शुभकामना आमा । पत्नी गौरीले शेयर गरेको यो भिडियोमा कमेन्ट गर्दै शाहरुख खानले पनि लेखेका छन्– सासु संग डान्स क्लास लिन जरुरी छ ।

गौरी खानको यो भिडियोमा कैयौ बलिउडका सेलीब्रेटीहरुले समेत प्रतिक्रिया दिएका छन् । साथै उनीहरुले डान्सको प्रशंशा गर्दै जन्म दिनको शुभकामना समेत दिएका छन् । संजय कपुर, नम्रता शिरोडकर, जोया अख्तर, नीलम कोठारी, एकता कपुर, अमृता अरोडा, मनीष मल्होत्रा, फराह खान लगायतले प्रतिक्रिया जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर