अफगानिस्तानको सडकमा मुल्ला उमर तथा जलालुद्दीन हक्कानीको तस्बिर टांग्न सुरु — OSNepal

अफगानिस्तानको सडकमा मुल्ला उमर तथा जलालुद्दीन हक्कानीको तस्बिर टांग्न सुरु

LC (KTM) September 11, 2021 0

अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा जमाए संगै अब आफ्नै ढंगले सरकार संचालन समेत गरिरहेको छ । उनीहरुले आफ्नै नियममा देश चलाउन सुरु गरिसकेका छन् ।

तालिवानको पुर्न उदयसँगै अफगानिस्तानका सडकहरुमा तालिबान र हक्कानी समूहका नाइकेका तस्बिरहरु टाँगिन थालेको बिबिसीले जनाएको छ । बीबीसीका सम्वाददाता सिकन्दर किरबानीले सडक छेउका एकदमै बिशाल होडिङबोर्डमा लगाइएका नाईकेहरुको तस्बिर ट्वीट गरेका छन् ।

सडकको छेउ छाउमा अहिले मुल्ला उमर तथा जलालुद्दीन हक्कानीको तस्बिर जता त्यतै देख्न पाइने गरेको बिबिसीले जनाएको छ । मुल्ला उमर तालिबानका संस्थापक र उनका छोरा मुल्ला याकुब अहिलेको तालिबान सरकारमा रक्षा मन्त्री समेत रहेका छन् । उनीहरुले अब आफ्नै तरिकाले अफगानिस्तानमा शासन गर्न सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर