७ किलो सोयाबिनको दाना बाट बनियो गणेशको मुर्ति , खर्च मात्रै १ हजार रुपैया — OSNepal

७ किलो सोयाबिनको दाना बाट बनियो गणेशको मुर्ति , खर्च मात्रै १ हजार रुपैया

LC (KTM) September 12, 2021 0

महाराष्ट्रको वाशिम जिल्लामा केही किसानहरुले सोयाबिनको दाना बाट गणेशको मुर्ति बनाएका छन् । जिल्लाको कामरगाउँको जय भवानी–जय शिबाजी सार्वजनिक गणेश मण्डलले गणेशको मुर्ति स्थापना गरेका हुन् ।

यो मुर्ति कुनै थर्माकोल या पीओपीले बनेको हैन सोयाबीनको दानाले बनेको थियो । यो मुर्ति बनाउन ७ किलो सोयाबिनको दाना लागेको थियो । साथै १६ दिनमा यो मुर्ति तयार गरिएको बताइएको छ । बिशेष यो कुरा छ कि मण्डलका सदस्यको रुपमा किसान तथा उनीहरुका छोरा सामेल रहेका थिए ।

७ जना किसानले आफ्नो घर बाट एक एक किलो सोयाबिन जम्मा गरेर यो मुर्ति तयार पारिएको थियो । खर्चको कुरा गर्ने हो भने यो मुर्ति बनाउनका लागि ४ सयको सोयाबिन, १ सय रुपैयाको फेबिकल तथा अन्य सामाग्री सहित १ हजार रुपैया खर्च भएको उक्त मुर्ति बनाउने मण्डलका सदस्यहरुले बताएका छन् । वातावरणमैत्री यो मुर्तिको तौल ३० देखी ३५ केजी सम्मको रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर