संसद अवरोध अन्त्य गर्न सभामुख सापकोटाले बोलाए छलफलको लागि शिर्ष नेताहरुलाई — OSNepal

संसद अवरोध अन्त्य गर्न सभामुख सापकोटाले बोलाए छलफलको लागि शिर्ष नेताहरुलाई

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । संसद अवरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले शिर्ष नेताहरुलाई छलफलको लागि बोलाएका छन् ।

बुधबार देखि सुरु भएको संसद बैठकमा नेकपा एमालेले लगातार विरोध गरेपछि सापकोटाले भोली सोमबार दिउँसो २ बजेको लागि सिसशर्ष नेताहरुलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारवाही मान्यता नदिएको भन्दै संसदमा निरन्तर एमालेले विरोध जनाउँदै आएको छ ।

आज आइतबार पनि संसद बैठक अवरुद्ध गरेपछि सापकोटाले छलफलको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए ।

छलफलको लासग एमालेका प्रमुख सचेतक विशाल भट्टराई शान्ता चौधरी, नेता खगराज अधिकारी सहभागी भएका थिए । तर छलफलमा सभामुखले विश्वासिलो काम नगरेको भन्दै भट्टराईले भने, ‘हामीमा गरिएको अन्यायबारे प्रष्ट नपारेसम्म संसद् चल्न दिन्नौं सभामुख भएर पार्टी फुटाउने मतियारको भुमिका खेल्नुभयो’ ।

आफुले विश्वासको वातावरण बनाउने भनेका सापकोटालाई कानून मन्त्री कार्कीले उच्च राजनीतिक तहमा नै यस विषयमा छलफल गनुपर्ने सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर