नेपालको साथ छाडेर ओलीतिर आएका रावललाई लाग्यो झड्का सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट — OSNepal

नेपालको साथ छाडेर ओलीतिर आएका रावललाई लाग्यो झड्का सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट हुने बताएका छन् ।

१० बुँदे सहमतिमा समस्या भएको भन्दै ओली निवास बालकोट पुगेका उपाध्यक्ष भीम रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको छलफलमा ओलीले भट्ट इन्चार्ज र प्रदेश अध्यक्ष कर्ण थापा नै हुने बताएको बुझिएमको छ ।

छलफल सहभागी नेताहरुले पनि रावल शीर्ष नेता भएकाले सुदूरपश्चिमको इन्चार्जको भूमिका भट्टलाई दिनु उपयुक्त हुने सुझाव दिएका छन् ।

पार्टी एकताको लािग भन्दै माधव नेपालको साथ छोडेर ओलीतिर आएका रावल यति बेला घर न घाटका भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर