यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु — OSNepal

यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

LC (KTM) September 13, 2021 0

खार्ताेम, २८ भदौ – यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ । यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए । सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो ।

त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो । त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर