सात मन्त्रीको पद रिक्त भएपछि ज्ञवाली भन्छन्, :अदालतको फैसलामा आफ्नो फरक धारणा भएपनि अदालतको निणर्यलाई मान्छौं — OSNepal

सात मन्त्रीको पद रिक्त भएपछि ज्ञवाली भन्छन्, :अदालतको फैसलामा आफ्नो फरक धारणा भएपनि अदालतको निणर्यलाई मान्छौं

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ । नेकपा एमालेक प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाको कार्यान्वय गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । आज बालुवाटारमा बसेको स्थायी कमिटिको बैठक पछि बाहिरिने क्रममा मन्त्री ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अदालतको फैसलामा आफ्नो फरक धारण भएपनि अदालतको निणर्यलाई मान्ने ज्ञवालीले बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भने ‘मैले भर्खर सुनेँ । आदेशको पूर्णपाठ हेर्न पाएको छैन । अदालतको फैसलाबारे सधैंभरी हाम्रो एउटै भनाइ छ, त्यसप्रति कतिपय हाम्रा फरक राय हुनसक्छन् ।

तर, अदालतको फैसलाको कार्यान्वय गर्नु हाम्रो कर्तव्य हो ।’ सांसद पद नभएका मन्त्रीहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, टोपबहादुर रायमाझी,दावा लामा तामाङको पद रिक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर