इरानमा गयो ५.१ म्याग्नीच्युडको भूकम्प — OSNepal

इरानमा गयो ५.१ म्याग्नीच्युडको भूकम्प

LC (KTM) September 13, 2021 0

तेहरान २८ भदौ – इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर