एमाले सांसदलाई लक्षित गर्दै अध्यक्ष तिमिल्सिनाले भने- प्रतिनिधिसभाको बैठकमा उठेको विषयलाई राष्ट्रिय सभाको विषय नबनाऔं — OSNepal

एमाले सांसदलाई लक्षित गर्दै अध्यक्ष तिमिल्सिनाले भने- प्रतिनिधिसभाको बैठकमा उठेको विषयलाई राष्ट्रिय सभाको विषय नबनाऔं

LC (KTM) September 13, 2021 0

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाको बैठकमा उठेको विषयलाई राष्ट्रिय सभाको विषय नबनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रतिपक्षदल नेकपा एमालेले संसद बैठकको विषय उठान गर्दै विरोध गरेपछि यस्तो नगर्न आग्रह गरेका हुन् ।

एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले भने, यहाँहरूको धाराणा विचारप्रति ध्यानाकर्षण भएको छ । बारम्बार भनने गरेको छु प्रतिनिधिसभामा जे विषय उठेको छ राष्ट्रिय सभामा त्यसलाई प्रवेश नगरौं,’

राष्ट्रिय सभाको मर्यादा उँचो बनाउने भुमिका खेल्न आग्रह गरेका थिए । एमालेको विरोधका बाबजुत पनि पनि ष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक पारित भने भएको छ । अध्यक्ष तिमिल्सिनाले भन्नु भन्दा पहिले एमाले सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटा

लाई संसदीय व्यवस्थाका कुनै जिम्मेवारी दिनुनहुने भनेकी थिइन् । ‘पार्टीको ह्वीप जसले मानेन उहाँहरूले पार्टी विखण्डन गर्दाखेरि उहाँहरूको पद रहिरहन्छ एउटै दिमागभित्र दुई चिन्तन एउटै जिब्रोभित्र दुईवटा बोली ?’ भन्दै सापकोटा माथि प्रश्न तेर्साएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर