एमसीसीको नामबाट देशलाई विदेशीको रणभूमि बनाउन दिने छैनौं : गजुरेल — OSNepal

एमसीसीको नामबाट देशलाई विदेशीको रणभूमि बनाउन दिने छैनौं : गजुरेल

LC (KTM) September 13, 2021 0

काठमाडौं २८ भदौ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले एमसीसीको नामबाट देशलाई विदेशीको रणभूमि बनाउन नदिने बताएका छन् ।

नेत्रविक्रम चन्द विप्लवले आयोजना गरेको एमसीसीविरुद्ध विरोध प्रदर्शनमा काठमाडौंको खुलामञ्चमा आयोजित सभामा बोल्दै गजुरेलले यस्तो बताएका हुन् ।

नेपाललाई सिरिया बनाउन नदिने बताएका उनले जसरी सिरियामा विदेशीहरुको आक्रमण भइरहेको छ त्यसरी नेपाललाई सिरिया बनाउन दिने छैनौँ भनेका छन् ।

सभामा उनले आफ्नो पार्टी र विप्लव नेतृत्वको नेकपा कहिल एकता हुन्छ भनेर जनताको सोधेको समेत बताएका छन् ।

सबै देशभक्त एक हुनुपर्ने बताएका उनले संसद बाहिर रहेका सबै क्रान्तिकारी पार्टीहरुबीच एकता बिच एकता हुनुपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर