झिल्को बनेर काठमाडौं आएको हो एमसीसी पास गर्न खोजिए झिल्को राँकोमा परिणत हुन्छ — OSNepal

झिल्को बनेर काठमाडौं आएको हो एमसीसी पास गर्न खोजिए झिल्को राँकोमा परिणत हुन्छ

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा कुनै पनि हालतमा लागू हुन नदिने जिकिर गरेका छन् ।

आज एमसीसीको विरोध प्रदर्शन गरेको विप्लवले खुलामञ्चमा आयोजित विरोध सभामा यस्तो बताएका हुन् । एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा भएकाले यो सम्झौता लागु हुन दिनुहुँदैन भनेका छन् ।

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको बताएका विप्लवले नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको बताएका छन् ।

झिल्को बनेर काठमाडौं आएको बताएका उनले एमसीसी पास गर्न खोजिए झिल्को राँको बन्ने सरकारलाई चेतावनी दिएका छन् ।

सभालाई सम्बोधन गर्दै उनले भने , आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर