संसद् अवरुद्ध एमालेले मात्रै पहिलो पटक गरेको होइन यस अघि पनि ५९ पटक अवरुद्ध भएको छ : ठाकुर — OSNepal

संसद् अवरुद्ध एमालेले मात्रै पहिलो पटक गरेको होइन यस अघि पनि ५९ पटक अवरुद्ध भएको छ : ठाकुर

LC (KTM) September 13, 2021 0

काठमाडौं २८ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष नेता महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिनाको बैठकले निश्कर्ष नदिने बताएका छन् ।

लगातार संसद अवरुद्ध गरेपछि आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । बैठक पछि ठाकुरले ओली विना बैठक विना निष्कर्ष सकिने पहिल्लै बताएको जानकारी दिएका हुन् ।

‘आजको बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । यसले कुनै परीणाम दिएन् । हुन त मैले पनि आजको बैठकमा केपी ओली (उहाँ) बिनाको बैठकले परीणाम दिँदैन भनेर भनेको थिएँ ।’ तर, संसद् खुलाउनको लागि सभामुखले प्रयास भने जारी राख्नुपर्नेमा जोड दिए ‘ उनले भने ।

सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले वहिष्कार गरेको छ । बैठकमा आफुले एमालेले यो पहिलो चोटी संसद अवरोध नगरेको भन्दै ५९ पटक सम्म संसद अवरुद्ध गरेको स्मरण समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर