अफगानिस्तानको अवस्था बिग्रदो , तत्काल सहयोग जुटाउन राष्ट्र संघद्धारा पहल सुरु — OSNepal

अफगानिस्तानको अवस्था बिग्रदो , तत्काल सहयोग जुटाउन राष्ट्र संघद्धारा पहल सुरु

LC (KTM) September 13, 2021 0

अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँको अवस्था दिन प्रतिदिन बिग्रदै गएको छ । तालिवानको सत्तालाई अन्र्तराष्ट्रिय समुदायले समेत स्वीकार गरिसकेको अवस्था छैन । यसैबेला संयुक्त राष्ट्र संघले अर्काे ठुलो चेतावनी समेत दिएको छ ।

राष्ट्र संघलेअफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको चेतावनी दिएको हो । अफगानिस्तानमा सहयोग जुटाउनका लागि उसले अन्र्तराष्ट्रिय दाताहरु संग समेत आग्रह गरेको छ । राष्ट्र संघले सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर संकलन गर्ने तयारी गरेको छ ।

अफगानी जनताहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्यसेवा, सुरक्षित पानी र सरसफाइ चाहिएको राष्ट्र संघले भनेको छ । अपेक्षीत रकम बाट दशौँ लाख मानिसलाई राहत पुग्ने राष्ट्र संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर