वैज्ञानिकले दिए गाईलाई पनि शौचालय जाने तालिम, सरासर गाइ शौचालय जान थालेपछि सबै चकित — OSNepal

वैज्ञानिकले दिए गाईलाई पनि शौचालय जाने तालिम, सरासर गाइ शौचालय जान थालेपछि सबै चकित

LC (KTM) September 14, 2021 0

वेलिंटन, २९ भदौ-वैज्ञानिकहरुले गाईलाई पनि तोकिएको शौचालयमा गहुँत फाल्न तालिम दिएको बताएका छन् । यसले हरितगृह ग्याँस उत्सर्जनमा कटौती हुने उनीहरुको विश्वास छ ।गाईलाई गहुँत फाल्न तालिम प्रदान गर्ने बिचार सुरुमा न्युजिल्यान्ड र जर्मनीका अनुसन्धानकर्तालाई ‘जोक’ जस्तै लागेको थियो । तर, यसले सकरात्मक नतिजा ल्याएपछि उनीहरु दंग छन् ।

‘कम्तिमा २० प्रतिशत गहँुत संग्रह गर्न सक्यौं भने हरितगृह ग्याँस उत्सर्जन कटौतीमा पर्याप्त हुन्छ ।,’ अकल्यान्ड युनिर्भसिटीका डगलास इलिफ भन्छन् ।गाईको गहुँतको नाइट्रस अक्साइडले हरितगृह ग्याँस निकाल्छ भने नाइट्रेट माटो हुँदै खोलासम्म पुग्छ । विश्वभर हुने कूल हरितगृह उत्सर्जनमा नाइट्रस अक्साइड पाँच प्रतिशत जिम्मेवार हुन्छ ।

अनुसन्धानकर्ता लिन्डसे म्याथ्युले सन् २००७ मा एक सञ्चारकर्मीसँगको अन्र्तवार्तामा गाईलाई शौचालयमा पिसाब फेर्न तालिम दिन सकिने बताएका थिए । त्यतिबेला उनलाई धेरैले उडाए । तर, अहिले जर्मनीमा वैज्ञानिकहरुले १६ गाइलाई शौचालयमा गहुँत फाल्न तालिम दिएका छन् ।

यसै साता करेन्ट बायोलोजीमा प्रकाशित सो अध्ययनमा गाईलाई शौचालयको तालिम सम्भव भएको इलिफले बताएका छन् । तर, फार्म बाहिर चराइने गाईमा यो प्रविधि चुनौती हुने वैज्ञानिकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर