प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते बस्ने — OSNepal

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते बस्ने

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । लगातार प्रतिपक्षी दल नेकपा एमालेको अवरोध भएपछि अब प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते बस्ने भएको छ ।

आज मंगलबार अवरोधकै बिच सुरु भएको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । जुन प्रस्ताव माथि छलफल गर्न नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

प्रतिपक्षको अवरोधका बाबजुत पनि विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ । त्यस्तै , आजको संसद बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

भदौ २३ गते देखि सुरु भएको संसद बैठकमा एमालेले निरन्तर विरोध गर्दै आएको छ । भने आफ्नो पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको सुचना टास्नँुपर्ने भन्दै अवरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर