प्रधानमन्त्री देउवाको जवाफ : हिजो जसरी खर्च चल्याथ्यो त्यसरी नै चल्छ — OSNepal

प्रधानमन्त्री देउवाको जवाफ : हिजो जसरी खर्च चल्याथ्यो त्यसरी नै चल्छ

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्‌मा पारित नभएपनि सरकारी खर्च गर्न समस्या नहुने बताएका छन् ।

अघिल्लो ओली सरकारले ल्याएको बजेट अध्यादेश भोली भदौ ३० गते अर्थात ६० दिनभित्र संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको हो ।

आज बसेको संसद बैठकमा पनि नेकपा एमालेले अवरोध गरेपछि अब अर्को संसद बैठक असोज ४ गते बस्ने भएको छ ।

संसद हलबाट बाहिरिने क्रममा अब सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्नमा देउवाले भने,’हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ’ । भदौ २३ गतेबा सुरु भएको संसद बैठकमा एमालेले लगातार अवरोध गरेपछि सरकारले बजेट पारित गर्न नसकेको हो ।

तथापी, अथमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाट नै बजेट पारित हुने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर