जहाँ नेपाली त्यहाँ एमाले : अध्यक्ष ओली — OSNepal

जहाँ नेपाली त्यहाँ एमाले : अध्यक्ष ओली

LC (KTM) September 14, 2021 0

काठमाडौं २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ गएपनि एमाले नै एमाले भनेका छन् ।

आज मंगलबार गृह जिल्ला पुगेका ओलीले जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जहाँ नेपाली पुगेको त्यहाँ एमाले पुगेको बताएका हुन् । सभामा उनले माधव नेपाललाई झटारो हान्दै नेपालले खोलेको पार्टी नक्कली हो भन्दै त्यो एमाले कमजोर पार्न तमासा मात्र गरेको बताएका हुन् ।

आज हामी त्यस्तो पार्टी निर्माण गरेका छौँ र दुनियाँका प्रतिक्रिया शक्तिहरुको मुटु हल्लाइदिएका छौँ । आज नेकपा एमाले फुटाउन यत्तिकै प्रयास भएको छैन । हाम्रा साथीहरुले एमाले फुटाउनुहुन्छ ? माधव नेपालले पार्टी बनाएका छन् ? छैनन् । बनाउँदैनन् र बन्दैन पनि ‘ ओलीले भने ।

‘जहाँ नेपाली त्यहाँ एमाले, विदेशमा पनि जहाँ नेपाली त्यहाँ एमाले । जहाँ नेपाली पुगेको त्यहाँ एमाले पुगेको छ । खेतमा एमाले, बारीमा एमाले, कारखानामा एमाले, व्यापारमा एमाले, चिया पसलमा एमाले, क्याफेमा एमाले, कफि पसलमा एमाले, होटेलमा एमाले, पुल बनाउने ठाउँमा एमाले, ह्वाई मैदान बनाउने ठाउँमा एमाले, सुरुङ खन्ने ठाउँमा एमाले, परेड खेल्ने ठाउँमा एमाले, हरेक ठाउँमा एमाले’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर