मन्त्री मनाङेको सम्पति विवरण सार्वजनिक नभएको भन्दै एमाले सांसद थापाले मागे जवाफ — OSNepal

मन्त्री मनाङेको सम्पति विवरण सार्वजनिक नभएको भन्दै एमाले सांसद थापाले मागे जवाफ

LC (KTM) September 14, 2021 0

पोखरा २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्ण थापाले गण्डकी प्रदेशसभाका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को सम्पति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण ऐन २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम पदपुर्ति भएको ६० दिन भित्र सम्पत्ति वितरण सार्वजनिक गर्नुपर्ने व्यवथा रहेको छ ।

मन्त्री मनाङेले यस अघि ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’ भनेका थिए ।

साथै आफुले युवाहरुलाई रकम लगानी गरेको र र त्यो आउन बाँकी रहेको समेत जनाएका छन् । एमाले सांसद थापाले मन्त्री मनाङको सम्पति विवरण सार्वजनिक नगर्नुको जवाफ माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर