कार्टुन हेरिरहेका २ बर्षका बालक चार तला माथिको बालकोनी बाट झरे , सीसीटिभीमा भिडियो भयो कैद — OSNepal

कार्टुन हेरिरहेका २ बर्षका बालक चार तला माथिको बालकोनी बाट झरे , सीसीटिभीमा भिडियो भयो कैद

LC (KTM) September 15, 2021 0

आफ्ना बच्चाहरुलाई भुलाएर राख्नका लागि बिशेष गरेर आफ्ना आमा बुवा मोबाइलको सहारा लिने गरेका छन् । यस्ता बुवा आमालाई सचेत गराउने एउटा घटना घटेको छ गुजरातको सुरतमा ।

शहरको लिम्बायत ईलाकामा २ बर्षका एक बच्चा लाई भुलाउनका लागि उनको आमाले मोबाइलमा कार्टुन लगाएर छोडि दिन्छिन् । बच्चा मोबाईल खेल्दा खेल्दै घरको चौथो तलाको बालकोनी बाट तल झरेको घटना बाहिर आएको छ ।

उनी झरेको घरमा कसैलाई थाहा पनि हुदैन । बच्चा झरेको घटना सीसीटीभी क्यामरामा कैद भएको थियो । ति बच्चाको उपचारको क्रममा मृत्यु भएको छ । उनी चार तला बाट झरेको क्यामरामा स्पष्ट रुपमा देख्न सकिन्छ ।

बच्चा झरेको आवाज सुनेर एक ब्यक्ति बच्चाको छेउमा पुग्छन् । उनलाई आफ्नो हातमा ति ब्यक्तिले उठाउँछन् । उक्त बच्चा उठाउने ब्यक्तिलाई थाहा हुदैन कि कस्को बच्चा कहाँ बाट झरेको हो भनेर । उनी यता उती बच्चा बोकेर दौडिएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर