५ किलो अवैध लागूऔषध चरेश सहित अर्जुन पक्राउ — OSNepal

५ किलो अवैध लागूऔषध चरेश सहित अर्जुन पक्राउ

LC (KTM) September 15, 2021 0

धादिङ, ३० भदौ- धुनिवेशी नगरपालिका-६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेश सहित सिरहा सुखिपुर नगरपालिका-२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर