६ वर्षीया बालिकाको घाँटीमा कोब्राले २ घन्टासम्म बेरेर बसेपछि — OSNepal

६ वर्षीया बालिकाको घाँटीमा कोब्राले २ घन्टासम्म बेरेर बसेपछि

LC (KTM) September 16, 2021 0

एजेन्सी- भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खरतामुक्त रहेको बताइन्छ ।

बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ । कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन् ।

कोब्रालाई थप उत्जेति हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ । सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म सुतेको देखिन्छ । अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो । कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर