अमेरिकाको क्यालिफोर्नियामा रहेका ३९ वर्षिय उपेन्द्रको निधन, पत्नि र २ नाबालक छोरा बने बेसहारा — OSNepal

अमेरिकाको क्यालिफोर्नियामा रहेका ३९ वर्षिय उपेन्द्रको निधन, पत्नि र २ नाबालक छोरा बने बेसहारा

LC (KTM) September 16, 2021 0

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको रियाल्टोमा एक नेपालीको निधन भएको छ ।

सेप्टेम्बर १३ तारिक सोमबारका दिन दक्षिण क्यालिफेर्नियाको कोल्टन स्थित एरोहेड रिजनल मेडिकल अस्पतालमा उपचारका क्रममा ३९ वर्षिय उपेन्द्र मेहताको निधन भएको गैर आबासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका सचिव हरी प्रसाद ओझाले ओएस नेपाललाई जानकारी दिए ।

सचिव ओझाका अनुसार उपेन्द्र नेपालको सुनसरी जिल्ला भोक्राहाका हुन् । उनी विगत ८ बर्षदेखी दक्षिण क्यालिफोर्नियाको रियाल्टोमा श्रीमति सहित दुई नाबालक छोराहरू (८ बर्ष र २ बर्षका) संगै बस्दै आएका थिए ।

उपेन्द्रको शव व्यवस्थापन र तत्कालिन आवश्यक काममा लाग्ने खर्च जुटाउनको लागि दिबङ्गत मेहताकी श्रीमती खुस्बु मेहताको तर्फबाट गोफण्ड खोलिएको छ ।

मनकारी दाता, सहयोगी र शुभेच्छुकहरूले तलको लिङ्क खोलेर सहयोग गर्न गैर आबासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर