१४ वर्षीया बालिकालाई कटेजमा लगि पालैपालो सामुहिक बलात्कार गर्ने सुनार पक्राउ अर्का एक जना भने फरार — OSNepal

१४ वर्षीया बालिकालाई कटेजमा लगि पालैपालो सामुहिक बलात्कार गर्ने सुनार पक्राउ अर्का एक जना भने फरार

LC (KTM) September 17, 2021 0

दाङ १ असोज । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् । सुनारलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।

ति बालिकालाई सुनार र सोही उपमहानगरपालिका ११ बस्ने २४ वर्षीय उमेश विकले त्यही स्थानको एक कटेजमा लगि पालैपालो सामुहिक बल्लाकार गरेका हुन् ।

प्रहरी सुचना पाउनाथ तत्काल उक्त स्थानबाट सुनारलाई पक्राउ गरेको हो । अर्का अभियुक्त उमेश भने फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडी बढाइएको छ ।

फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर