समय अगावै नयाँ सरकार बनाई प्रधानमन्त्री र राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा — OSNepal

समय अगावै नयाँ सरकार बनाई प्रधानमन्त्री र राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्री केपी ओलीले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्नुपर्ने बताएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधामन्त्री ओलीले विश्वासको मत नलिई सिधै संविधानको धारा ७६(५)अनुसारको सरकार गठनका गर्ने निणर्य गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, ‘उपधारा ९(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।थापाले हिजो ट्वीटर मार्फत दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं भनेका छन् ।

नेता थापाको टुवीट्:विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने होनेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ रयिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर