प्रचण्ड निकट नेता देवकोटालााई भारी भोट, गृहमन्त्री थापालाई एकै दिन दुई चोट — OSNepal

प्रचण्ड निकट नेता देवकोटालााई भारी भोट, गृहमन्त्री थापालाई एकै दिन दुई चोट

LC (KTM) May 21, 2021 0

हेटौंडा । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा खिमलाल देवकोटा विजयी भएका छन् ।एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् । हेटौंडा भुटनदेवी माविमा बिहीबार सम्पन्न मतदानमा थापालाई १ हजार ७४ मतभारले पछि पार्दै देवकोटाले राष्ट्रिय सभा यात्रा तय गरेका छन् । एमाले नेपाल–खनाल समूहबाट कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपातर्फबाट उम्मेदवार देवकोटा ५ हजार ८८ मतभार ल्याउँदै विजयी भएका हुन् । एमालेको ओली समूहबाट उम्मेदवार थापा ४ हजार १४ मतमै चित्त बुझाउन बाध्य भए ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार ल्याए । ‘कलम’ चिह्न लिएर विजयी देवकोटाले पालिकातर्फ २ सय ३३ मत खसेकोमा १ सय २८ पाए । पालिकाका एक जनप्रतिनिधिबराबर १८ मतभार हुन्छ । जसअन्तर्गत पालिकाबाट देवकोटाले २ हजार ३ सय ४ मत पाए । यसैगरी, बाग्मती प्रदेशका १ सय ५ सांसदले मतदान गरेकोमा देवकोटाले ५८ मत पाए । प्रदेशमा एकबराबर ४८ मतभार हुने व्यवस्था छ । प्रदेशतर्फ देवकोटाले २ हजार ७ सय ८४ मत पाए ।राजधानि दैनिकमा खबर छ ।

त्यस्तै, थापाले पालिकातर्फ १ सय ३ र प्रदेशतर्फ ४५ मत पाए । पालिकातर्फ उनले पाएको मतभार १ हजार ८ सय ५४ र प्रदेशमा २ दुई १ सय ६० हुन्छ ।नेमकिपा उम्मेदवार तामाङले पालिकातर्फ २ र प्रदेशतर्फ पनि २ नै मत पाए । जसको मतभार १ सय ३२ हुन्छ ।बिहीबार बिहान ९ देखि दिउ“सो ३ बजेसम्म भएको मतदानमा ९ मतदाता अनुपस्थित रहे । प्रदेशतर्फ १ सय १० मध्ये १ सय ५ मत खस्यो ।मतदानमा सहभागी नहुनेमा माओवादीतर्फका प्रदेशसभा सदस्य हिमाली गोले, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, शोभा शाक्य र रमेश पौड्याल छन् । प्रदेश सांसद पशुपति चौलागाईंको केही दिन अघि मात्रै कोरोनाका कारण निधन भएको थियो ।

स्थानीय तहतर्फ कुल २ दुई ३८ मतदाता रहेकामा २ सय ३३ जनाले मतदान गरेका थिए । स्थानीय तहतर्फ दोलखा मलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी, विजु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिल पण्डितले मतदान गरेनन् ।
बाग्मती प्रदेश सदस्य १ सय ९ र प्रदेशतर्फ २ सय ३८ गरी कुल ३ सय ४७ मतदाता थिए । एमाले प्रवेश गरेका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

दुई चोट बोकेर फर्किए थापा : एमाले र माओवादी केन्द्र एकता भएर ‘नेकपा’ बन्दा माओवादीबाट गृहमन्त्री बनेका थापा बिहीबार हेटौंडाबाट एकसाथ दुई चोट बोकेर काठमाडौं फर्किएका छन् ।६ जेठ २०७८ थापाका लागि ‘कालो बादल’ लागेजस्तै बन्न पुगेको छ । उनीमाथि एकैदिन दुई बज्रपात आइलागेको छ । सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किंदा एमालेमै रहेर गृहमन्त्री भइरहेका थापालाई बिहीबार नै सर्वोच्च अदालतले गृहमन्त्रीबाट मुक्त गरिदियो । एमाले उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका उनले बिहीबार नै हार बेहोर्नु प(यो ।

उत्साहसाथ मंगलबार राज्यशक्ति प्रयोग गरेर चुनाव जित्न हेटौंडा आएका थापा बिहीबार सबै जिम्मेवारीबाट मुक्त भएर चोट बोक्दै काठमाडौं फर्किनुपरेको हो ।आफैंले गुमाएको राष्ट्रिय सभा सदस्य पदमा फेरि उम्मेदवार बन्दा उनले नमिठो पराजय बोकेका छन् । योसँगै उनको ‘राजनीतिक भविष्य के होला रु’ भन्ने प्रश्न खडा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर