कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने — OSNepal

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

LC (KTM) September 18, 2021 0

काठमाडौँ, २ असोज – नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर