गठबन्धनका केही दलका कारण मन्त्रिपरिषदमा अलमल भएको कांग्रेसका प्रभावशाली नेता सिंहको दाबी — OSNepal

गठबन्धनका केही दलका कारण मन्त्रिपरिषदमा अलमल भएको कांग्रेसका प्रभावशाली नेता सिंहको दाबी

LC (KTM) September 18, 2021 0

कांग्रेस नेतृत्वको सरकार असफल रहेको टिकाटिप्पणी सुरु भईरहेको बेला नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धन भित्रका दलका कारण सरकार केही अलमलमा मात्र परेको टिप्पणी गरेका छन् ।

उनले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनका कारण मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ भईरहेको दाबी गरेका छन् ।
‘कम्युनिष्टहरु असफल भएका कारण कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै अब सरकारले जनताको भावना अनुसार नै काम गर्ने दाबी समेत गरे ।

गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा आज आयोजीत कार्यक्रममा बोल्दै नेता सिंहले अब दलहरुको अलमल सकिएपछि चाँडै सरकारले पूर्णता पाउने दावी समेत गरे। उनले कम्युनिष्टहरुको पहिलाको सरकारलाई गाली समेत गरे ।

कम्युनिष्टहरुले दुईतिहाइको आफ्नै सरकार थेग्न नसकेको र जनताको मर्म र भावनामा लगातार प्रहार गरेको आरोप लगाए । उनले कम्युनिष्टहरुले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको समेत जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर