भारतमा आज एकै दिन ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण, २१८ जनाले ज्यान गुमाए — OSNepal

भारतमा आज एकै दिन ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण, २१८ जनाले ज्यान गुमाए

LC (KTM) September 18, 2021 0

कोरोना आएको २ बर्ष बढी भइसके पनि संक्रमण हुने क्रम अझै पनि रोकिएको छैन । नेपालमा अहिले केही मात्रामा संक्रमणको दर घटेको छ । छिमेकी राष्ट्र भारतमा पनि संक्रमीतको संख्या घटेको छ ।

भारतमा मात्र पछिल्लो २४ घण्टामा कोरोना बाट नयाँ थप ३५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतीय सरकारका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै थप २१८ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ ।

एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर