सत्ता गठन्धन भित्रकै जसपाले नमान्ने भयो सरकारले घोषणा गरेको संबिधान दिवश, अध्यक्ष यादवले बिरोधमा उत्रन गरे कार्यकर्तालाई आव्हान — OSNepal

सत्ता गठन्धन भित्रकै जसपाले नमान्ने भयो सरकारले घोषणा गरेको संबिधान दिवश, अध्यक्ष यादवले बिरोधमा उत्रन गरे कार्यकर्तालाई आव्हान

LC (KTM) September 18, 2021 0

नेपालको संबिधान भित्रै रहेर बनेको दल जनता समाजबादी पार्टीले संबिधान दिवस नमान्ने भन्दै आज बिज्ञप्ति जारी गरेको छ । सत्ता गठबन्धनमा रहेको दल जसपाले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने जनाएको हो ।

असोज ३ गते जारी गरिएको नेपालको संबिधान अपुरो र बिभेदकारी रहेको भन्दै अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति नै जारी गरेर भोली मनाउन लागिएको संविधान दिवसको कार्यक्रममा भाग नलिने जनाएका छन् ।

उनले जारी गरिएको बिज्ञप्तिमा संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अधुरो रहेको जिकिर गरिएको छ । उनले यति मात्र हैन संविधानमा रहेका कतिपय धाराहरु एकदमै बिभेदकारी रहेको दाबी गरेका छन् ।

संबिधानमै स्पष्टरुपमा राखिएका यस्ता विभेदकारी प्रावधानका कारण सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने उनले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले संबिधान दिवस मात्र नभएर यसमा भएका बिभेदकारी प्रावधानहरुको बिरोधमा उत्रन समेत आफ्ना नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर