सन्दर्भ : नेताहरुको बोली र केपी ओली — OSNepal

सन्दर्भ : नेताहरुको बोली र केपी ओली

LC (KTM) September 18, 2021 0


घोडा ,रानी अनि राजा र खानदानी !!
————————————————
– प्रेम चौलागाई

म सानो छँदा मेरो वुवाले एउटा कथा सुनाउनु भएको थियो जुन कथा नेपालको राजनीतिमा निकै नै मेल खान्छ।

राजदरबारमा एउटा मान्छे राजा भेट्न गएछ। राजालाई भेटेर भनेछ मलाई एउटा जागिर चाहियो कसैले दिएन जागिर ,सरकार ! तिमी संग त्यस्तो के छ जस्ले गर्दा जागिर दिउँ ? भनेर राजाले सोधेछन।

उस्ले भनेछ म हरेक बस्तु होस वा मान्छे उस्को असली नसलिय (DNA) अनुहार हेरेर बताउन सक्छु। राजाले उस्को कुरा सुनेर दरबारमा आफ्नो घोडा हेर्ने काम दिए छन्। ३।४ दिन पछि सोधेछन मेरो घोडा कतिको सहि छ ? उस्ले भनेछ सहि नसलिय होईन । मैले २० लाखमा किनेको राजश्री भएको अरबी घोडा कसरी होईन ? घोडा बेच्नेलाई बोलाएर राजाले सोधेछन्। राजालाई घोडा दिनेले भनेछ सरकार उसले सही भन्यो किनकी यो घोडाको आमा जन्मने साथ मरेकोले यसलाई मैले गाईको दुध खुवाएर हुर्काएको थियो। राजा ले अचम्म मान्दै त्यसलाई सोधेछन् कसरी थाहा पाइस ? उस्ले भनेछ सही नसलिय घोडाले घाँस खाँदा मुखमा घाँस हालेर ठाडो टाउको पारेर चपाउँछ तर यो घोडा गाईको जस्तो टाउको तल पारेर घाँस चपाईरहछ तसर्थ यो घोडा सहि नसलिय होईन। यस्तो सुनेर राजाको होस उडेछ ।

एकदिन राजाले सोधेछन् मेरी रानी कस्ति हुन ? बहुत चक्रवर्ती राजाकी छोरी विवाह गरेको हुँ । कस्तो नसलिय हुन ?कस्तो खानदान हुन ? एक हप्ता पछि भनेछ सरकार माफी वक्सियोस रानी खानदानी नसलिय होईनन। राजाले तत्काल ससुरालीबाट राजा ससुरा र सासु रानीलाई झिकाए र सोधे के हो यसको कुरा ?झुट बोले फाँसी चढाउँछु भनेछन् । सासु ससुराले भनेछन सरकार उ सही छ । हाम्रो छोरी जन्मिने साथ मरी तर हजुरको खानदान संग विवाह सम्बन्ध राख्ने धोको थियो। किनकी हजुरको वुवाले छोरी भए मेरो छोरालाई दिनु भनेको थियो। तसर्थ हामीले एउटा बच्चा बस्तिमा गएर चोरेर ल्याएर ठुली बनाएर तपाईसँग विवाह गरिदिएको हो भनेछन। राजा ले छक्क पर्दै सोधेछन् तलाई कसरी थाहा भयो ? घोडाको रेखदेख गर्नेले भनेछ सरकार रानीले दरवारमा प्रयोग गर्ने भाषा तल्लो स्तरको छ। नत कर्मचारी नत नोकर चाकर सबैलाई तंत र म म भनेर बोलाएकोले अराएकोले राजसी नसलिय होईन भनेर थाहा पाएं। कुरा सही भएकोले राजाले खुशी भएर इनामहरु दिएछन्।

एकदिन राजालाई लागेछ मेरो देखाउनु पर्‍यो भनेर मेरो नसलिय के हो ? कस्तो खानदान हो मेरो भन भनेर सोधेछन । सरकार फाँसीको सजाय हुदैन भने भन्छु भनेछ । राजाले माफी दिने भनेपछि भनेछ सरकार तपाई राज नसलिय होईन। दरबार मा खैलाबैला भएछ अनि राजाले आफ्नै आमालाई बोलाएर सोधेछन् । आमाले भनिछन् हो छोरा उस्ले सही भन्यो। हाम्रो कुलमा छोरा भएन ।राज्य चलाउनु थियो। तसर्थ हामीले एउटा गाउको किसानबाट किनेर जन्मेको भोलिपल्टै ल्याएको हो र तिमीलाई दरवारमा नै हुर्काएको हो अनि राजा बनाएको हो। यो कुराले राजा आस्चर्य चकित परेर सोधे यो कुरा तलाई कसरी थाहा भयो ? उसले भनेछ सरकार जब जब सरकार का जिज्ञासाको म सही जवाफ दिन्थे अनि खुशी भएर मलाई गाईबस्तु भेडा बाख्रा कुखुरा हाँस कोदो धान मकै उपहार वक्सिन्थो । सही राज खानदानी नसलिय भए त राजाले खुशी हुँदा हिरा मोती मणी रत्न पैसा उपहार दिनु हुने थियो तसर्थ तपाईको उपहार दिने बस्तुहरुबाट तपाईको खानदान थाहा भयो। राजा न जवाफ भए।

वास्तवमा खानदान रगतका आउँछ अनि व्यवहारमा आउँछ । मान्छेको व्यवहारले उस्को खानदानी चरित्र छुटिन्छ । यो कुरा आज नेपालको वर्तमान राजनीतिमा प्रचण्ड संग मिल्छ कि मिल्दैन ?तपाई आफै छुट्याउनु होस। माधव नेपाल होस वा देउवा अर्थात ओली जो सुकै हुन उनीहरुको व्यवहार, बोली चरित्र हेर्दा उनीहरुको रगतमा खानदानी नस्ल छ छैन ? छ भने राजपाठमा को संग छ वा छैन ? यिनीहरु राष्ट्रपति बनुन वा प्रधानमन्त्री उनीहरुको व्यवहारले नै खानदान छुट्टिन्छ। यो अपरिवर्तनिय हुन्छ। यो प्रश्नको जवाफ नपाए सम्म नेपालको राजनीति कहिल्यै सही हुने छैन।

यस कारणले यो कथाको याद आयो कि हिजो आज नेताहरुले प्रयोग गर्ने भाषाले उनीहरूको क्षमता मात्र होईन राजपाठ चलाउन जान्ने व्यवहार र खानदान (DNA) जनताले परिक्षण गर्नै पर्ने भएको छ। अस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर