केपी ओलीको एक्कासी फोन आएपछि पत्याइनन् करिश्माले, बुबा भन्दै गरिन् यस्ता रमाइला कुरा — OSNepal

केपी ओलीको एक्कासी फोन आएपछि पत्याइनन् करिश्माले, बुबा भन्दै गरिन् यस्ता रमाइला कुरा

LC (KTM) September 19, 2021 0

काठमाडौं । कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन । परीक्षाको चटारोले प्राय फोन नउठाउने करिश्मालाई शुक्रबार बेलुकी नयाँ नम्बरबाट फोन आयो । ट्रु कलरमा देखायो, ‘केपी शर्मा ओली इज कलिङ‘’

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोध्नुभएको थियो । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराएकी छन । साथै उनले आफूलाई विश्वास नलागेको उल्लेख गरेका छन । सौर्य दैनिकमा खबर छ ।

‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेखेकी छन, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन, ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’

उनले ओलीलाई बुवाको सम्बोधन गर्दै लेखेकी छन, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर