नयाँ सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई विदा गरौं - गगन थापा — OSNepal

नयाँ सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई विदा गरौं – गगन थापा

LC (KTM) May 21, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्न र राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीराष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गर्नुपर्ने उनको भनाइ आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आज साँझसम्मको समय दिएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

थापाले सामाजिक संजालमा लेखेका छन्,‘राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं । महाअभियोग लगाएर रापलाई बिदा गरौं।

’प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएको हो । यस्तो आव्हानपछि उक्त कदमको चर्को विरोध भइरहेको छ । भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर