संविधान जारी गर्दा नेपालको नाम र झण्डा परिर्वतन गर्न प्रस्ताव आएको नेम्वाङको खुलासा — OSNepal

संविधान जारी गर्दा नेपालको नाम र झण्डा परिर्वतन गर्न प्रस्ताव आएको नेम्वाङको खुलासा

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफुहरुले संविधान जारी गर्दा चाँडो संविधान जारी नगर भन्ने धम्की आएको बताएका छन् ।

संविधान दिवसको अवसरमा आज आइतबार पार्टीले च्यासलमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

आफुलाई चाँडो संविधान जारी नगर, ढिलो गर भनेर लोभ, लालच समेत देखाएको बताएका उनले भने, ‘हामीसँग सेना छ । संविधान सभाको म्याद ४ वर्ष छ । अहिले किन बनाउनु हुन्छ । तपाई चार वर्ष संविधान सभाको अध्यक्ष हुन छाडेर एक वर्ष मात्र किन भन्नु हुन्छ ।’

आफुहरुसँग सेना छ भन्दै धम्की आएको बताएका उनले १० वर्ष संविधान नबनाउने अध्यक्ष हुनुभन्दा संविधान बनाएर एक वर्षको अध्यक्ष हुनु राम्रो भएको बताएका छन् ।

साथै नेपालको नाम र झण्डा परिर्वतन गर्न समेत आफुलाई प्रस्ताव आएको सम्बोधनमा खुलासा गरेका छन् । साथै उनले आफ्नो सरकार ढलाउन विषेश भुमिका खेलेका अदालतका न्यायाधिसहरुलाई दिइने पदकको विषयमा आपत्ती जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर