फिल्म 'एक्स ९' का लागि ७ केजी मोटाए अनमोल केसी, अझै १३ केजी मोटाउन बाकीँ — OSNepal

फिल्म ‘एक्स ९’ का लागि ७ केजी मोटाए अनमोल केसी, अझै १३ केजी मोटाउन बाकीँ

LC (KTM) September 21, 2021 0

नेपालका चक्लेटी नायक तथा मेघास्टार अनमोल केसी अहिले सामाजिक सञ्जाल तथा मिडिया देखी टाढा नै रहेका छन् । उनी पछिल्लो एक बर्ष यता मिडियामा कहि कतै पनि देखिएका छैनन् । हुन् त उनी जस्तै चर्चामा रहेका नायक पुष्प खड्का, पल शाह लगायतका नायकहरुले यो महामारीका बीच पनि म्युजिक भिडियोमा समेत देखिए तर अनमोल भने म्युजिक भिडियोमा आउनै चाहेनन् ।

उनी यो महामारीको समयमा लुकेरै बसे । तर उनको बुवा तथा सदावहार नायक भुवन केसीको जन्म दिनमा भने मिडियावालाहरुको क्यामरामा कैद भए । उनको लुक्स एकदमै फरक देखिएको थियो । सधै चिटिक्क पर्ने चकलेटी यी नायक लाई जन्म दिनका दिन अलि फरक लुक्समा देखिएको थियो ।

उनी अहिले केही मोटाएको देखिएका छन् । उनको ज्यान पनि एकदमै सुगठित देखिएको थियो । यो सबै लुक्स उनको अपकमिंग प्रोजेक्ट एक्स नाइनको लागि हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनी एक्सनप्रधान चलचित्र एक्स नाइनमा सुगठित शरीरका साथ हट्टकट्टा पनि देखिनु पर्ने भएकोले अहिले वर्कसपमा रहेका छन् ।

उनले यस चलचित्रका लागि आफ्नो तौल ९५ किलो पु¥याउनु पर्ने बाध्यता रहेको छ । यस चलचित्रको मुख्य नायकको रुपमा रहेका उनी भिलेन संगको तालमेलमा हल्का र असन्तुलित नदेखिउन भनेर निर्माण पक्षले उनलाई वर्कसपमा लगाईरहेको छ । उनका साथै चलेका अरु नायकहरु पन यस फिल्ममा देखिदैछन् ।

उनी संगै यस फिल्ममा हाकु काले सौगात मल्ल, पुष्प खड्का लगायतका चर्चित हिरोहरु पनि देखिनेछन् । उनलाई शारीरीक अवस्थामा मात्र नभएर अभिनय समेत निखार्नु पर्ने बाध्यता रहेको छ । उनको अभिनय क्षमतालाई लिएर दर्शकहरुले सधै प्रश्न समेत उठाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर